Date

शुक्र, बैशाख ७, २०८१
Fri, April 19, 2024

निर्जिवन बीमा व्यवसायी संघको अध्यक्षमा राजेन्द्र मल्ल

निर्जिवन बीमा व्यवसायी संघको अध्यक्षमा राजेन्द्र मल्ल

काठमाडौं, २ पौष । निर्जिवन बीमा कम्पनीहरुमा लगानी गर्ने व्यवसायीहरुको छाता संगठन नेपाल निर्जिवन बीमा व्यवसायी संघको पहिलो र दोस्रो संयुक्त साधारणले राजेन्द्र मल्लको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ । राजधानीमा सम्पन्न साधारण सभाले प्रभु इन्स्योरेन्सका राजेन्द्र मल्ललाई अध्यक्षमा चयन गरेको हो । यस्तै उपाध्यक्षमा लुम्बिनी जनरल इन्स्योरेन्सका मनोहरदास मूल, महासचिवमा नेको इन्स्योरेन्सका रमेश कुमार निरौला,कोषाध्याक्षमा युनाईटेड इन्स्योरेन्सका विजयबहादुर श्रेष्ठ र ३ जना सदस्यहरुमा क्रमशः हिमालयन जनरल इन्स्योरेन्सका महेन्द्र कृष्ण श्रेष्ठ, सिद्धार्थ इन्स्योरेन्सका पवन अग्रवाल र प्रिमियर इन्स्योरेन्सका बालकृष्ण श्रेष्ठलाई चयन गरिएको संघद्धारा जारी विज्ञप्तीमा जनाईएको छ ।

साधारण सभाले आगामी २ वर्षको लागि सर्वसम्मतिबाट कार्यसमितिको चयन गरेको हो । साथै साधारण सभाले अध्यक्षको प्रतिवेदन, लेखापरिक्षकको प्रतिवेदनसहितको आय व्याय विवरण पारित गर्नुको साथै आ.व. २०७४र ०७५ को लागि लेखापरिक्षकको नियुक्त गर्ने निर्णय गरेको छ । संघमा इन्स्योरेन्स कम्पनीका अध्यक्ष वा संचालकहरुको प्रतिनिधित्व रहनेछ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x