जर्मनीको केएफडब्लु बैंकसंगको सम्झौता अनुसारको ओम डेभलपमेन्ट बैंकले कर्जा लगानी सुरु गर्यो
काठमाडौं, २ पुष । ओम डेभलपमेन्ट बैंक लिमिटेडद्वारा जर्मनीको केएफडब्लु डेभलपमेन्ट बैंकसंग भएको सभ्झौता अनुसार साना तथा मझौला उद्यममा कर्जा लगानी शुरु गरेको छ । सम्झौता अन्तर्गत केएफडब्लुले ओमलाई सम्झौतामा तोकिएको क्षेत्र अन्तर्गत २ लाख देखि ४० लाख सम्मको कर्जा लगानीको गर्न १० बर्षको लागि रकम उपलब्ध गराउनेछ भने कार्यक्रमको लागि आवश्यक कर्मचारी तालिम, बृत्ती विकास, शाखा कार्यालय तथा लगानीको सम्भाब्यता अध्ययन कार्यको लागि रकम सहयोग गर्नेछ । सम्झौता अनुसार कर्जा लगानी शुरु गर्नको लागि केएफडब्लु बैंकका प्रतिनिधिहरुले बैंकका बिभिन्न शाखाहरुबाट लगानी गरिएका परियोजनाहरु भ्रमण गरी बैंकलाई कर्जा लगानीको लागि रकम उपलब्ध गराएको हो । यो परियोजना अर्थ मन्त्रालय तथा नेपाल राष्ट्र बैंकको स्वीकृतीमा केएफडब्लुले ओमलाई स्वीकृत गरेको बैंकका प्रमुख कार्यकारी अधिकृत बिश्व मोहन अधिकारीले बताए ।