बुधबार नेप्सेमा ५४ करोड रुपैयाँ भन्दा बढीको कारोबार

काठमाडौं, २० चैत । बुधबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) सामान्य अंकले बढेको छ । उक्त दिन नेप्से २.०१ अंकले बढेर १,१६५.८४ को विन्दुमा कारोबार बन्द भएको हो ।


सो दिन बजारमा कुल १ सय ७० कम्पनीहरुको २०,२९,०१५ कित्ता सेयर खरिद बिक्री हुँदा ५४ करोड ५८ लाख १८ हजार ६१९ रुपैयाँ बराबरको कारोबार भएको छ । कारोबारको आधारमा भने एनआइसी एसिया बैंकले अग्रता लिएको छ । बैंकको आज ४ करोड ३७ लाख रुपैयाँ भन्दा बढीको कारोबार भएको हो ।


यसैगरि आज नेपाल इन्सोरेन्स कम्पनीका लगानीकर्ताले सबै भन्दा बढी कमाएका छन् । जसको सेयर ४.६४ प्रतिशतले बढेको छ । साथै युनिर्भसल पावर कम्पनीका लगानीकर्ताहरुले सबै भन्दा बढी गुमाएका छन् । कम्पनीको सेयरमुल्यमा ९.४८४८ प्रतिशतको गिरावट आएको छ ।
बुधबार नेप्सेमा सुचिकृत १० वटा समुहहरु मध्ये २ वटा समूहको मात्र परिसुचक बढेको छ भने बाँकी ८ वटा समूहको परिसुचक घटेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *