Date

शुक्र, चैत्र १६, २०८०
Fri, March 29, 2024

यन्त्रिकरणले रोजगारीको अवसर घट्दैन, सम्भावना बढ्छ : प्रधानमन्त्री ओली

यन्त्रिकरणले रोजगारीको अवसर घट्दैन, सम्भावना बढ्छ : प्रधानमन्त्री ओली

काठमाडौं, २० चैत । प्रधानमन्त्री केपी शर्मा ओलीले कृषि क्षेत्रलाई आधुनिकीकरण गर्दा रोजगारीको अवसर नघट्ने बताएका छन् । राष्ट्रिय विकास परिषद्द्वारा आयोजित पध्रौं योजना आधार–पत्र (मस्यौदा) माथिको छलफल कार्यक्रममा कृषिका क्षेत्रमा भित्रिएका आधुनिक प्रविधिले थप रोजगारीको सृजना हुने बताएका हुन् ।

कृषिमा भित्रिएको आधुनिकताले परम्परागत खेती प्रणालिको अन्त्यका साथै भरिया प्रणालीको पनि अन्त्य हुने बताउँदै प्रधानमन्त्री ओलीले यसको लागि योजना तथा कार्यक्रम बनाउँदा लक्षित वर्गलाई ध्यान दिनु पर्नेमा जोड दिए । सरकारले कृषि क्षेत्रलाई यान्त्रिकरणको माध्यमबाट विकास गर्नका लागि विशेष रुपमा लागिपरेको उनको भनाई थियो । देशको सबै भन्दा ठूलो जनसंख्याको हिस्सा कृषि क्षेत्रमा निर्भर भएको र गरिबी घटाउँन यसले महत्वपूर्ण भूमिका खेल्ने ओलीको दाबी छ ।

त्यस्तै पूर्वप्रधानमन्त्री तथा नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्प कमल दाहाल (प्रचण्ड)ले युवाहरुलाई विदेश जानबाट रोक्न देशमा आवश्यक पर्ने क्षमता अनुसारको ज्ञान र सीप दिएर दक्ष बनाइने बताए । अहिले देशमा काम गर्ने भन्दा पनि विदेशमा गएर काम खोज्ने युवा जनशक्तिको संख्या बढेकोले त्यस्ता जनशक्तिहरुलाई देशमा रोक्नको लागि पन्ध्रौ योजनाले महत्वपूर्ण भूमिका खेल्नु पर्नेमा उनले जोड दिए ।

यसैगरी सोही कार्यक्रममा अर्थमन्त्री डा. युवराज खतिवडाले दोहोरो अंकको आर्थिक बृद्धि हाँसिल गर्ने क्षेत्र पहिचान गर्नुपर्ने बताए । महत्वपूर्ण क्षेत्रलाई केन्द्रित गरेर योजना बनाए मात्र लक्ष्य हाँसिल गर्न सकिने उनको भनाई थियो । अर्थमन्त्री खतिवडाका अनुसार दोहोरो अंकको आर्थिक बृद्धिका लागि सबै भन्दा महत्वपूर्ण कृषि क्षेत्र रहेकोले यहि क्षेत्रलाई विशेष महत्वकासाथ दीर्घकालिन योजनामा समेटिनु पर्ने उनको भनाई छ ।

२५ वषसम्ममा समुन्नत, स्वाधीन र समाजवाद उन्मुख अर्थतन्त्र सहितको समान अवसर प्राप्त, स्वस्थ, शिक्षित, सम्मानित, मर्यादित र उच्च जीवनस्तर भएका सुखी नागरिक बसोबास गर्ने मुलुक बनाउँने दीर्घकालीन सोच राखेको छ । वि.सं. २१०० सम्ममा नेपालीको प्रतिव्यक्ति आय १२ हजार १ सय अमेरिकन डलर पु¥याउँने मार्गचित्र सहितको पन्ध्रौ योजना आधार पत्र तयार पारिएको छ । यो आधार पत्रमा विभिन्न क्षेत्रका विषय विज्ञहरुसँग भोलीसम्म छलफल गरिने परिषद्ले जनाएको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x