ओरेन्टल सहकारीका अध्यक्ष तथा घरजग्गा व्यवसायी सुधीर बस्नेत पक्राउ
काठमाडौं,२१ चैत । प्रहरीले ओरेन्टल सहकारीका अध्यक्ष तथा घरजग्गा व्यवसायी सुधीर बस्नेतलाई पक्राउ गरेको छ । सहकारी मार्फत अर्बौ रुपैयाँ भन्दा बढी रकम ठगेको आरोपमा बस्नेतलाई प्रकाउन गरिएको हो । काठमाडौं प्रहरी परिसर, टेकुबाट खटिएको टोलीले बस्नेतलाई पक्राउ गरेको हो ।
ठगी अभियोगमा बस्नेत बिरुद्ध धेरै उजुरी थिए । ’त्यसैगरी, समस्याग्रस्त सहकारी संस्था वा संघको व्यवस्थापन गर्न सरकारले गठन गरेको समितिले बस्नेतका सम्पूर्ण सम्पति कब्जा गरेर लिलामी प्रक्रियाबाट बिक्री गरि पीडितका पैसा फिर्ता गर्ने भन्दै हिजो मात्र विज्ञप्ति जारी गरेको थियो ।
ओरेन्टल सहकारी र विभिन्न हाउजिङ तथा अपार्टमेन्ट बनाउने भन्दै बस्नेतले सर्वसाधारणसँग अर्बौ पैसा उठाएर बस्नेतले १६ अर्ब रुपैयाँ भन्दा बढी ठगि गरेको समितिले प्रतिवेदनले ठहर गरेको छ ।