Date

शनि, बैशाख ८, २०८१
Sat, April 20, 2024

प्रदेशमा बजेट कार्यान्वयनको अवस्था र नयाँ बजेटका सम्वन्धमा मुख्यमन्त्रीसँग प्रधानमन्त्रीको छलफल

प्रदेशमा बजेट कार्यान्वयनको अवस्था र नयाँ बजेटका सम्वन्धमा मुख्यमन्त्रीसँग प्रधानमन्त्रीको छलफल

काठमाडौं, २१ चैत । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रदेशमा चालु आर्थिक बर्षको प्रादेशिक बजेट कार्यान्वयनको अवस्थाका सम्वन्धमा सातै प्रदेशका मुख्य मन्त्रीहरुसँग छलफल गरेका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा भएको छलफलमा प्रधानमन्त्री ओलीले गएको ८ महिनामा प्रदेशिक बजेट एव नीति एव कार्यक्रमको कार्यान्वयको अवस्थाका सम्वन्धमा जिज्ञाशा राखेका छन् ।यसै गरी बैठकमा नयाँ आर्थिक वर्षका लागि तयार हुने नीति तथा कार्यक्रम, बजेट विषयमा समेत परामर्श गरेका छन् । प्रधानमन्त्री ओलीले नीति कार्यक्रम र बजेटका बिषयमा स्थानीय,प्रदेश र केन्द्र सरकारका कार्यक्रम नदोहोरिउन भनेर सचेत रहन पनि सुझाएका छन् । “कार्यक्रमहरु नदोहोरिउन भनेर स्थानीय,प्रदेश र संघीय सरकारको सहभागितामा राष्ट्रिय समन्वय परिषदको बैठक आयोजना गर्नुपर्दछ । कुनै पनि कार्यक्रम एउटा मात्र निकायले सञ्चालन गर्नुपर्दछ ” प्रधानमन्त्री ओलीको भनाइ उधृत गर्दै १ नं प्रदेशका मूख्यमन्त्री शेरधन राईले जानकारी दिए ।

जवाफमा प्रदेश मुख्यमन्त्रीहरुले संघीया कार्यान्वयनको पहिलो चरणमा रहेको जनशक्ती अभाव र कानूनी संरचनाको कतिपय गाठो नफुक्दा पूजीगत खर्च तर्फ प्रगति नभएपनि संरचनागत संरचनाहरु तयार हुँदै गएको बताएका थिए । उनिहरुले प्रदेशले संचालन गर्नुपर्ने योजनाहरु अझै पनि केन्द्रमातहत रहेको हस्तान्तरण नहुँदा बजेट कार्यान्वयनमा समेत सम्सया रहेको भन्दै समास्या समाधानका लागि प्रधानमन्त्रीलाई आग्रह गरेका छन् । आगामी बजेटमा आफ्नो प्रदेशलाई बजेटको मुख्य प्राथामिकतामा राख्न  संघीय सरकारलाई मुख्य मन्त्रीहरुले आग्रह गरेका छन् ।

बैठकमा प्रधानमन्त्री ओलीले अन्तरप्रदेश समन्वय परिषद अघिल्लो बैठकले पास गरेका २९ बुंधको कार्यन्वयन तदारुकताका साथ कार्यान्वयन गरिने प्रतिवद्धता समेत जनाए ।

हिजोबाट सुरु भएको विकास परिषद बैठकमा भाग लिन आएका सातैबटा प्रदेशका मुख्यमन्त्रीहरुले आज बालुवाटार पुगेर प्रधानमन्त्रीलाइ भेट गरेका हुन ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x