Date

शनि, बैशाख ८, २०८१
Sat, April 20, 2024

जनताको जलविद्युत कार्यक्रममा अन्तर्गतका आयोजनाको सख्या २१ पुग्यो

जनताको जलविद्युत कार्यक्रममा अन्तर्गतका आयोजनाको सख्या २१ पुग्यो

काठमाडौं,२१ चैत । सरकारले अघिल्लो महिनामात्र सुरु गरेको जनताको जलविद्युत कार्यक्रममा २ वटा जलविद्युत आयोजना थपगरी आयोजनाको संख्या २१ पुर्याइएको छ ।

१११ मेगावाट उत्पादन क्षमताको रसुवागढी र ४२ दशमलव ५ मेगावाट उत्पादन क्षमतको सान्जेन जलविद्युत आयोजनालाई जनताको जलविद्युत आयोजना अन्तर्गत थप गरी २१ पुर्याइएको हो ।

कार्यक्रम घोषणा गर्दा १९ वटा आयोजना मात्र राखिएको भएपनि उर्जामन्त्री अध्यक्ष रहेको जनताको जलविद्युत कार्यक्रम कार्यान्वयन निर्देशक समितिको बैठेकले साञ्जेन र रसुवागढीलाई पनि कार्यक्रममा कार्यक्रममा थप गर्ने निर्णय गरेको उर्जा, जलश्रोत, तथा सिंचाई मन्त्रालयका प्रवक्ता प्रवीणराज अर्यालले जानकारी दिए।

रसुवा जिल्लामा निर्माण भईरहेको रसुवागडी जलविद्युत आयोजना नेपाल विद्युत प्राधिकरण र चिलिमे जलविद्युत कम्पनी लिमिटेडको मुख्य प्रवद्र्वकत्वमा स्थापित रसुवागढी हाइड्रोपावर कम्पनीले निर्माण गरिरहेको छ भने सोही जिल्लामा नै बनिरहेको साञ्जेन जलविद्युत आयोजना सान्जेन जलविद्युत कम्पनी लिमिटेडले गरिरहेको छ।

सबै सर्वसाधारणलाई जलविद्युतको विकासमा लगानीको अवसर प्रदान गर्ने उद्देश्यका साथ फाल्गुण २ गते “नेपालको पानी जनताको लगानी, हरेक नेपाली विद्युतको शेयरधनी” नाराका साथ ‘जनताको जलविद्युत कार्यक्रम’ घोषणा गरिएको थियो।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x