हावाहुरी पीडितलाई सेञ्चुरी बैंकको सहयोग

काठमाडौं, २१ चैत । सेञ्चुरी कमर्सियल बैंकले बारा र पर्साका हावाहुरी पीडितहरुलाई ५ लाख रुपैयाँ बराबरको खाद्यान्न सहयोग गरेको छ ।

बैंकले सो घटनामामा मृत्यु हुनेहरुमा समवेदना व्यक्त गर्दै र घाइतेहरुको शीघ्र स्वास्थ्य लाभको कामना गर्दै ५ लाख रुपैयाँ बराबरको सहयोग गरेको हो ।

बैंकको संस्थागत सामाजिक उतरदायित्व कार्यक्रम अन्तर्गत त्यस घटनाका ४९० पीडित परिवारहरुलाई सहयोग गरेको बैंकले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *