कामना सेवाको मुख्य कार्यालयबाट वैदेशिक मुद्रा सटही गर्न सकिने

काठमाडौं, २२ चैत । कामना सेवा विकास बैंक लिमिटेडले मुख्य शाखा कार्यालयबाट बैदेशिक मुद्रा सटही सुविधा प्रारम्भ गरेको छ । काठमाडौं महानगरपालिका वडा नं. ३० ज्ञानेश्वरमा रहेको मुख्य कार्यालयबाट बैंकले वैदेशिक मुद्रा सटही सुविधाको प्ररम्भ गरेको हो ।

बैंकका संचालक समितिका अध्यक्ष सुदीप आचार्य र सदस्य विशेश्वर सुवेदीले संयुक्त रुपमा मुद्रा सटही सुविधाको शुभारम्भ गरेका हुन् ।

वैदेशिक मुद्रा सटही सुविधा बैंकका अन्य शाखाहरुबाट पनि दिने योजना रहेको बैंकले जनाएको छ । हाल बैंकले देशका विभिन्न भागहरुमा ८१ वटा शाखा र ३६ वटा एटीएम मार्फत ग्राहकहरुलाई सेवा प्रदान गर्दै आएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *