नेपाल बीमक संघको अध्यक्षमा पुन पाण्डे

काठमाडौं, नेपाल बीमक संघको अध्यक्षमा दिपप्रकाश पाण्डे पुनः चयन भएका छन् । संघको बिहीबार सम्पन्न विशेष साधारण सभाले पाण्डेलाई पुनः अध्यक्षमा चयन गरेको हो ।

उनी शिखर इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत हुन । त्यस्तै संघको उपाध्यक्षमा लुम्बिनी जनरल इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिृकत नूरप्रताप प्रधान, सचिवमा सगरमाथा इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत चंकी क्षेत्री र कोषाध्यक्षमा आईएमई जनरल इन्स्योरेन्सका युगेशभक्त बादे श्रेष्ठ चयन भएका छन् ।

कार्यसमिति सदस्यमा सुनिलबल्लभ पन्त, सन्चित बर्जाचार्य, कुमारबहादुर खत्री, सुवोधलाल श्रेष्ठ निर्वाचित भएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *