मौसममा बदली, बारा, पर्साका हुरी पिडित समस्यामा

काठमाडौं, २३ चैत । काठमाडौं उपत्यका सहित मुलुकका अधिकांश भू–भागमा हावाहुरीसँगै आएको असिनापानीले बारा, पर्साका हुरी पिडितको झन् विचल्ली भएको छ । असिनापानीका कारण राहत वितरण प्रभावित भएको छ ।

पीडितहरु ओत लाग्ने ठाउँको अभाव भएको छ । केही स्थानमा खेतमै टेन्ट हालिएकोले डुबानको समस्यासमेत उत्पन्न भएको स्थानीयले जनाएका छन् । मौसम गडबडीका कारण जिल्ला विपद् व्यवस्थापन समितिको बैठकसमेत बस्न नसकेको छैन ।

गत आइतबार रातिको हुरीबतासका कारण बारा, पर्साका २९ जनाको मृत्यु, करिब ६ सय घाइते रदुई हजार जति घरमा क्षति पुगेको थियो । बनेका थिए। जसमा करिब एक हजार पूर्ण र बाँकी अर्धक्षति पुगेको थियो। स्थानीय प्रशासन र विभिन्न संघ संस्थाको पहलमा झन्डै ६ सय टेन्ट पुगेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *