प्रदेश १ को सरकार पनि लगानी सम्मेलनको तयारीमा

काठमाडौं, २३ चैत । प्रदेश नम्बर १ मा लगानी तथा हिमाल आरोही सम्मेलन गरिने भएको छ। नेपाल उद्योग वाणिज्य महासंघ प्रदेश नं १ को दोस्रो साधारणसभामा मुख्यमन्त्रीका मुख्यमन्त्री शेरधन राईले यस्तो जानकारी दिएका हुन ।

उनले प्रदेशभित्रका हिमाल आरोहण गरिसकेका र आरोहणका लागि स्वदेशी तथा विदेशीलाई आकर्षित गर्न र कृषि, जलस्रोतजस्ता क्षेत्रको समुचित विकासका लागि सम्मेलनको आयोजना गर्न प्रदेश सरकारले आन्तरिक गृहकार्य सुरू गरिसकेको जानकारी दिए । छिटै सम्मेलनबारे मिति सार्वजनीक गर्ने पनि उनले बताए ।

लगानी सम्मेलनबाट आवश्यक पुँजी भित्र्याई यस क्षेत्रका जनताको समृद्धिको चाहना पूरा गरी रोजगारीको क्षेत्रमा क्रान्ति ल्याउने उनको दाबी छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *