Date

मङ्ल, मंसिर ११, २०८१
Tue, November 26, 2024

हिमाल आरोहणबाट २५ करोड भन्दा बढी रोयल्टी संकलन

हिमाल आरोहणबाट २५ करोड भन्दा बढी रोयल्टी संकलन

काठमाडौं,२४ चैत ।  यसबर्ष हिमाल आरोहणबाट २५ करोड भन्दा बढी राजश्व संकलन भएको पर्यटन विभागले जनाएको छ । विभागका अनुशार ४६ आरोही समूहका १९३ आरोहीबाट हालसम्म २५ करोड ५६ लाख २८ हजार ८३७ रुपैयाँ रोयल्टी संकलन गरिएको हो । सो मध्ये सर्वोच्च शिखर सगरमाथाबाट मात्रै २३ करोड ९२ लाख ५७५ रुपैयाँ रोयल्टी उठेको छ । सगरमाथा आरोहणका लागि १९ आरोही समूहका १९३ आरोही गएका छन् । सगरमाथासहितका हिमाल आरोहणका लागि आरोही धमाधम गन्तव्यतर्फ लागेका विभागले जनाएको छ । यस्तै कञ्चनजङ्गा र ल्होत्सेका लागि समान चार र अन्नपूर्ण तथा अमादब्लममा समान दुई आरोही समूहले आरोहण अनुमति लिएका छन् ।

सन् २०१८ को वसन्त ऋतुमा ४१ करोड २८ लाख ८४ हजार ६३८ रुपैयाँ रोयल्टी जम्मा भएको थियो । सोमध्ये सबैभन्दा धेरै सगरमाथाबाट मात्रै ३५ करोड १४ लाख ९८ हजार ३१२ रुपैयाँ रोयल्टी उठेको थियो ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x