Date

शुक्र, चैत्र १६, २०८०
Fri, March 29, 2024

घट्दो बैदेशिक लगानी, बढ्दो उद्योग दर्ता

घट्दो बैदेशिक लगानी, बढ्दो उद्योग दर्ता

काठमाडौं,२४ चैत । चालु आर्थिक बर्षमा  विदेशी लगानीका उद्योग दर्ता संख्या बढेको  भएपनि बैदेशिक लगानी भने घट्दै गएको छ । चालु आर्थिक बर्षको ९ महिना महिना सकिनै लग्दा विदेशी लगानीका उद्योग दर्ता संख्या भने गत बर्षको यही अवधीको तुलनामा २३ प्रतिशत बढेको छ । तर वैदेशिक लगानी ६७ दशमलव १६ प्रतिशतले घटेको छ । गत वर्ष आव २०७४÷७५ को चैतसम्ममा उद्योग विभागमा वैदेशिक लगानीका उद्योग २१६ उद्योग दर्ता भएका थिए भने चालू आवको सोही अवधिमा २६६ वटा उद्योग दर्ता भएका छन् ।

विभागका अनुसार आर्थिक वर्ष २०७४÷७५ को १९ चैतसम्ममा उद्योग विभागमा ३५ अर्ब २२ करोड २५ लाख ७० हजार लगानी स्वीकृत भएको थियो भने चालू आर्थिक वर्षको सोही अवधिमा विभागमा वैदेशिक लगानीका ११ अर्र्ब ५६ करोड ३९ लाख २० हजार रुपैयाँ लगानी मात्र स्वीकृत भएको छ । पछिल्लो समय विदेशी लगानी सानासाना उद्योगमा लगानीको मात्र घटेको हो ।

विभागमा २६६ वटा वैदेशिक लगानीका उद्योग दर्ता भएकामा ११ अर्ब ५६ करोड ३९ लाख २० हजार रुपैयाँ लगानी मात्र स्वीकृत भएको छ । जसमध्ये सबैभन्दा धेरै पर्यटक र सेवामूलक क्षत्रका उद्योग दर्ता भएका छन् । यसैगरी, पर्यटक क्षेत्रमा दर्ता भएका ८७ वटा उद्योगमध्ये ५ अर्ब ८ करोड २३ लाख ९० हजार रुपैयाँ लगानी रहेको छ । सेवामुलक क्षेत्रमा ८५ वटा उद्योग दर्तामा १ अर्ब ४८ करोड ६० लाख ७० हजार रुपैयाँ लगानी स्वीकृत भएको छ ।

यसैगरी, खानी क्षेत्रमा निर्माण क्षेत्रमा आर्थिक ५७ वटा उद्योग दर्तामा ५ अर्ब ३७ करोड ४६ हजार रुपैयाँ लगानी रहेको छ । त्यसैगरी, सूचना प्रविधिमा २० वटा उद्योग दर्तामा ३६ करोड ४६ लाख ८० हजार र कृषि तथा वनजन्य उद्योगका १५ वटा दर्तामा १२ करोड ८३ लाख ६० हजार रुपैयाँ लगानी स्वीकृत भएको विभागले जनाएको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x