Date

आइत, मंसिर २८, २०८२
Sun, December 14, 2025

नुवाकोटको श्रीकृष्ण क्याम्पस चलाउन महायज्ञ, पहिलो दिन ३ लाख २१ हजार संकलन

नुवाकोटको श्रीकृष्ण क्याम्पस चलाउन महायज्ञ, पहिलो दिन ३ लाख २१ हजार संकलन

नुवाकोट, २४ चैत । तारुकाको श्रीकृष्ण क्याम्पस तथा श्रीकृष्ण माविको लागि जग्गा खरिद तथा भवन निमार्णाथ श्रीमद भागवत सप्ताह महायज्ञको सुरु गरिएको छ। हिजो देखि सुरु भएको महायज्ञको प्रतिनिधि सभा सदस्य हितबहादुर तामाङले उद्घाटन गरे ।

कार्यक्रममा सांसद तामाङले शिक्षाको विकास विना समाजको विकास सम्भव नभएको बताए । उनले बिद्यालयको भवन तथा पुर्वाधार निर्माणका लागि सरकारसँग आवश्यक पहल गर्ने बाचा पनि गरे ।

त्यस्तै प्रतिनिधि सभाकै सदस्य नारायण प्रसाद खतिवडाले विद्यालय जोगाउन र आधुनिक र प्रविधियुक्त शिक्षाको लागि महायज्ञ लगाउनु परेको बताए । राज्यको ध्यान गाउँको विकासमा केन्द्रित हुनुपर्नेमा उनले जोड दिए ।

पंडित उत्तम भट्टले कथा वाचन गर्ने महायज्ञमा सुरुको दिन विभिन्न दाताबाट नगद ३ लाख २१ हजार ४ सय ५८ रुपैयाँ संकलन भएको महायज्ञ मुल आयोजक समितिका कोषाध्यक्ष सुर्यमान श्रेष्ठले बताए । क्याम्पस संचालक समितिका पुर्व सदस्य दिलबहादुर भुजेल तथा स्थानिय समाजसेवी पुर्णबहादुर भुजेलद्वारा नगद १ लाख २३ हजार ४ सय ५६ रुपैयाँ, रामचन्द्र अधिकारीद्वारा १ लाख ११ हजार १ सय ११ रुपैयाँ नगद सहयोगको घोषणा गरेका छन । महायज्ञमा स्थानिय र अन्यबाट करिव १ करोड संकलन हुने अनुमान गरिएको प्रचार प्रसार समिति संयोजक राजेन्द्र न्यौैपानेले जानकारी दिए ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *