Date

शुक्र, बैशाख १४, २०८१
Fri, April 26, 2024

नेपाल राष्ट्र बैंकले ८ अर्व ८९ करोड ८६ लाखको ट्रेजरी बिल जारी गर्ने

नेपाल राष्ट्र बैंकले ८ अर्व ८९ करोड ८६ लाखको ट्रेजरी बिल जारी गर्ने

काठमाडौं, २४ चैत । नेपाल राष्ट्र बैंकले ८ अर्ब ८९ करोड ८६ लाख रुपैयाँको ट्रेजरी बिल जारी गर्ने भएको छ । राष्ट्र बैंकले ९१ दिन, १ सय ८२ दिन र एक वर्षको लागि ट्रेजरी बिल जारी गर्न लागेको हो ।

मंगलबार जारी हुने ट्रेजरी बिलका लागि सोमबार मध्याह्न ३ बजे बोलकबोल हुनेछ । केन्द्रीय बैंकले ९१ दिनको लागि १ अर्ब रुपैयाँको बिल जारी गर्न लागेको छ ।

यो ट्रेजरी २०७६ साल असार २४ गते परिपक्व हुनेछ । त्यस्तै, १सय ८२ दिनको लागि १ अर्ब ८९ करोड ८६ लाख रुपैयाँ बराबरको ट्रेजरी बिल जारी गर्न लागेको छ । २०७६ असोज २१ गते
यो परिपक्क हुने छ । १ वर्ष अवधिका लागि जारी हुने ६ अर्ब रुपैयाँको ट्रेजरी भने २०७६ चैत २५ गते परिपक्क हुनेछ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x