Date

शनि, बैशाख ८, २०८१
Sat, April 20, 2024

नेपालमा लगानी गर्न कतारलाई सभामुख महराको आग्रह

नेपालमा लगानी गर्न कतारलाई सभामुख महराको आग्रह

काठमाडौं, २४ चैत । प्रतिनिधि सभाका सभामुख कृष्णबहादुर महराले नेपालको कृषि, पर्यटन, ऊर्जा र भौतिक संरचना निर्माणमा लगानी गर्न कतारलाई आग्रह गरेका छन् । अन्तर व्यवस्थापिका संघ (इन्टर पार्लियामेन्ट्री युनियन–आइपियू) को १४० औं सभामा सहभागी हुन कतार पुगेका सभामुख महराले कतारका उपप्रधान तथा परराष्ट्रमन्त्री शेख मोहम्मद विन अब्दुलरहमान विन जस्सिन अल थानीसँगको शिष्टाचार भेटका क्रममा सभामुख महराले यस्तो आग्रह गरेका हुन ।

नेपालमा विकासको थुप्रै सम्भावनाहरु रहेको भन्दै लगानी गर्न उनले आग्रह गरे । छोटो अवधिमै कतारले आर्थिक तथा भौतिक निर्माणका क्षेत्रमा गरेको प्रगति विश्वका लागि उदाहरणीय भएको भन्दै उनले नेपाल–कतार सम्बन्ध कूटनीतिक मात्र नभई जनस्तरसम्म प्रगाढ रहेको बताए । कतारमा ४ लाख बढी नेपाली जनशक्ति विभिन्न क्षेत्रमा काम गरिरहेको भन्दै सभामुख महराले उनीहरुको पेशागत सुरक्षा र सेवा सुविधाका बारेमा परराष्ट्रमन्त्री अल थानीसँग चासो व्यक्त गरे ।

भेटमा कतारका उपप्रधान तथा परराष्ट्रमन्त्री अल थानीले आइपियूको १४० औं सभाको सन्दर्भमा नेपालको उच्चस्तरीय प्रतिनिधि मण्डलको भ्रमणले कतार–नेपाल सम्बन्ध थप प्रगाढ बनाउन सहयोग मिलेको बताए । नेपाल भ्रमणका लागि आफूले पहिलेदेखि नै कोशिस गरिरहेको भन्दै अल थानीले उपयुक्त समय मिलाएर नेपाल भ्रमण गर्ने इच्छा व्यक्त गरे ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x