Date

शुक्र, बैशाख ७, २०८१
Fri, April 19, 2024

पहिलो दिन सेयर बजारमा उत्साह, १७.१६ अंकको बृद्धि

पहिलो दिन सेयर बजारमा उत्साह, १७.१६ अंकको बृद्धि

काठमाडौं, २४ चैंत । साताको पहिलो दिन (आइतबार) सेयर बजार दोहोरो अंकले बढेको छ। नेपाल स्टक एक्सचेन्ज (नेप्से) १७.१६ अंकले बढेर १,१८२.३६ को बिन्दुमा चढेको छ।

सो दिन १ सय ६८ कम्पनीको १८,८७,३७३ कित्ता सेयर खरिदबिक्री भई ५४ करोड ३९ लाख ५५ हजार रुपैयाँ भन्दा बढीकोे कारोबार भएको छ । कारोबारको आधारमा एनआइसी एसिया बैंकको ६ करोड ७१ लाख रुपैयाँ भन्दा बढीको कारोबार भएको छ। एनआईसी एसिया बैंककै लगानीकर्ताहरुले सबै भन्दा बढी कमाएका छन् । बैंकको सेयर मुल्यमा आज ६.३६ प्रतिशतको वृद्धि आएको छ । साथै सर्वाधिक गुमाउनेमा युनिर्भसल पावर कम्पनीका लगानीकर्ताहरु रहेका छन् । जसको सेयर मुल्य ९.२५९२६ प्रतिशतले घटेको छ ।

त्यस्तै नेप्सेमा सुचिकृत १० वटा समुह मध्ये ५ वटा समूहको परिसुचक बढेको छ भने ४ वटा समूहहरु घटेका छ । अन्य समुहको भने सेयर कारोबार नै भएन ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x