Date

शुक्र, बैशाख १४, २०८१
Fri, April 26, 2024

भेरी–बबई डाइभर्सन सुरुङ निर्माण सकियो, प्रधानमन्त्री ओलीले ब्रेक थ्रु’ भएको घोषणा गर्ने

भेरी–बबई डाइभर्सन सुरुङ निर्माण सकियो, प्रधानमन्त्री ओलीले ब्रेक थ्रु’ भएको घोषणा गर्ने

काठमाडौं, २५ चैत । राष्ट्रिय गौरवको आयोजनाका रुपमा रहेको भेरी–बबई डाइभर्सन बहुउद्देश्यीय आयोजनाको सुरुङ निर्माण काम सकिएको छ । पहिलो चरणअन्तर्गत पर्ने सुरुङ निर्माणको काम सकिएसँगै आयोजनाले दोस्रो चरणको प्रक्रिया सुरु गरेको छ । दोस्रो चरणको कार्यक्रम अन्तर्गत सिभिल निर्माण, इलेक्ट्रो मेकानिकल निर्माण तथा जडान, हाइड्रो मेकानिकल निर्माण तथा जडानका काम शुरू गरिए आयोजनाले बताएको छ ।

१२ हजार २ सय मिटर लामो सुरुङ निर्माणको जिम्मा चाइना ओभरसिज इन्जिनियरिङ ग्रुप कम्पनीले सम्झौतामा उल्लेखित अवधिभन्दा एक वर्षअघि काम सम्पन्न गरेको हो ।

२०७२ जेठ २१ गते सुरुङ खन्न सुरु गरेको कम्पनीको निर्माण म्याद २०७६ चैत १५ गतेसम्म थियो । सुरूङ् निर्माणको ‘ब्रेक थ्रु’ भएको औपचारिक घोषणा भने प्रधानमन्त्री केपी शर्मा ओलीबाट यही बैशाख ३ गते गर्ने तयारी गरिएको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x