२०२० सम्ममा काठमाडौंको भ्यू टावर निर्माण सम्पन्न गरिने
काठमाण्डौ २९ चैत । रत्नपार्कको पुरानो बसपार्कमा निमार्णाधीन काठमाण्डौ भ्यू टावर २०२० सम्ममा निर्माण सम्पन्न गरिसक्ने निर्माण कम्पनीले जनाएको छ । भूकम्प, नाकाबन्दीलगायतका कारण निर्माण कार्य प्रभावित भएपनि २०२० भित्र निर्माण कार्य सम्पन्न गर्ने गरी काम अघि बढेको र डिपिसी निर्माणको काम अन्तिम चरणमा पुगी सकेको आगामी जेठ सम्म डीपीसी निर्माणको कार्यक पुरा हुँने भ्यू टावरका प्रमुख हुम बहादुर थापाले बताउनु भयो ।
काठमाण्डौ महानगरपालिकासँग ३० वर्षका लागि लिजमा लिएर निर्माण कार्य अघि बढेको भ्यू टावर निर्माणमा भूकम्प, नाकाबन्दीलगायतका कारण समस्या आएपछि थप २ वर्ष समय थपिएर ३२ वर्षसम्म सञ्चालनको अनुमति दिइएको थियो । पछिल्लो समयम ५ वर्ष गरी अब लगानीकर्ताहरुले लिजको समय ३७ वर्षसम्म पुर्याइएको छ । झण्डै २३ रोपनी क्षेत्रफलमा ७ अर्ब ६४ करोडको लागतमा बन्न लागेको ३३ तले भ्यूटावर बन्न लागेको हो ।