नयाँ बर्षबाट सवै नेपाली बै‌ंक खाता अभियान संचालन हुने

काठमाडौं, २९ चैत  । सरकारले आगामी बर्ष २०७६ मा सवै नेपालीहरुको बैक खाता खोल्ने अभियान संचालन गर्ने भएको छ । अभियानको क्रममा बैंक खाता खोल्नेहरुको खाता बैंकले संस्थागत सामाजिक सुरक्षाकोषबाट १०० रुपैयाँ सित्तैमा जम्मा गरिदिने व्यवस्था समेत गरिएको छ । हरेक नेपालीको बैंक खाता खोल्ने सरकारको अभियानलाई प्रभावकारी बनाउन राष्ट्र बैंकले यो व्यवस्था गरेको हो । बैंकहरुले बैशाख १ देखि बैंकमा खाता खोल्ने अभियान शुरु गर्दै छन् । बैंक खाता खोल्नलाइ कारोवारअवस्था अनुशार आवश्यक कागजजातमा लचकता अपनाइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *