Date

शनि, बैशाख ६, २०८२
Sat, April 19, 2025

सगरमाथा आरोहणका लागि तीन सयले लिए अनुमति

सगरमाथा आरोहणका लागि तीन सयले लिए अनुमति

काठमाडौं, ३० चैत । नेपालको विभिन्न हिमाल आरोहणका लागि ७० समुहलका ६ सय १६ आरोहीले आरोहण अनुमति पाएका छन्। सगरमाथासहित २० हिमाल आरोहणका लागि नेपालसहित ४२ राष्ट्रका आरोहीले अनुमति लिएको पर्यटन विभागले जनाएको छ।

विश्वको सर्वोच्च शिखर सगरमाथा आरोहणका लागि १२ नेपालीसहित ३ सयले अनुमति लिएका छन्। आरोहण अनुमति लिनेमा नेपालसहित ४२ राष्ट्रका २ सय ५१ पुरुष र ४९ महिला रहेका छन्। नेपाली महिला ६ र पुरुष ६ जना छन्।

सगरमाथामा सबैभन्दा धेरै भारतका ५८ पुरुष र ९ महिला गरी ६७ पर्वतारोही छन् । अमेरिकाका ५९ पुरुष र चार महिलासहित ६३, चीनका ३० पुरुष र १० महिलासहित ४० र बेलायतका ३६ पुरुष र तीन महिलासहित ३९ जना पर्वतारोहीले सगरमाथा चढ्ने अनुमति पाएका छन्।

नर्वेका चार पुरुष र तीन महिलासहित सात, जापानका चार पुरुष र दुई महिलासहित ६, हङकङ र अर्जेन्टिनाका चार–चार जना पुरुषसहितले सगरमाथा आरोहणका लागि अनुमति पाएका छन्। विभिन्न कीर्तिमानी कायम गर्ने उद्देश्यले सगरमाथा आरोहण गर्ने गरिएको छ।

यस्तै आठ हजार ५१६ मिटर उचाइको लोत्सेका लागि सात समूहका ६६, ६ हजार ८१४ मिटर उचाइको आमादब्लम हिमाल आरोहणका लागि चार समूहका ४१, सात हजार ८६१ मिटर उचाइको नुप्त्से हिमाल आरोहणका लागि दुई समूहका २७ र आठ हजार ९१ मिटर उचाइको अन्नपूर्ण हिमाल आरोहणका लागि तीन समूहका २३ आरोहीले अनुमति पाएका छन् ।

यस्तै आठ हजार ४६३ मिटर उचाइको मकालु हिमाल आरोहणका लागि चार समूहका ५३ ले अनुमति लिएका छन् ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x