Shangrila

सन्राइज बैंक लिमिटेडको “सन्राइज समृद्धि बचत खाता” योजना


काठमाडौं, ३० चैत । सन्राइज बैंकको “सन्राइज समृद्धि बचत खाता” योजना ल्याएको छ । बैंकले नयाँ बर्षको उपलक्ष्यमा खोलौ बैंक खाता अभियान २०७६ लाई आत्मसाथ गरि उक्त बचत योजना ल्याएको हो ।

जस अन्तर्गत खाता खोल्दा १ सय रुपैयाँ बैंकले नै जम्मा गरिदिनेछ । सो बचत खाता योजनामा बैंकले अरु बचत खातावालाहरुलाई दिदै आएको स्वास्थ्य बीमा, दुर्घटना बीमा लगायत अन्य सम्पूर्ण सुबिधाहरु पनि प्रदान गर्ने जनाएको छ ।

साथै खाता खोल्न सहज बनाउन २०७६ बैशाख १ गते आईतबारका लागि बैंकका सम्पूर्ण शाखाहरु बिहान १०बजे देखि दिउसो १ बजे सम्म खुल्ला रहने बैंकले जानकारी दिएको छ ।

हाल बैंकले नेपाल अधिराज्य भर १ सय ४ वटा शाखा, २८ वटा शाखारहित बैंकिङ्ग सेवा, ४ वटा एक्सटेन्सन काउण्टर, ११९ वटा ए.टि.एम मार्फत आफ्ना ५ लाख भन्दा बढी ग्राहकहरुलाई सेवा प्रदान गर्दै आइरहेको छ ।

 

Laxmi Bank

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *