Date

बुध, बैशाख १२, २०८१
Wed, April 24, 2024

कामना सेवा विकास बैंकको निःशुल्क बीमा सहितको नयाँ बचत योजना

कामना सेवा विकास बैंकको निःशुल्क बीमा सहितको नयाँ बचत योजना

काठमाडौं, ३० चैत । कामना सेवा विकास बैंकले “प्रगतिको आधार कामना सेवासँग कारोवार” भन्ने मुलनाराका साथ निः शुल्क बीमा सहितको नयाँ बचत योजना सार्वजानिक गरेको छ । बैंकले नेपाल सरकार तथा नेपाल राष्ट्र बैंकको “खोलौ बैंक खाता अभियान २०७६” अभियानलाई सफल पार्ने उद्देश्यले बचत योजना सार्वजनिक गरेको हो ।

बैंकले वैशाख १ गते देखि लागु हुने गरी बचत खाता संचालनमा गर्ने भएकोे छ । उक्त खाता खोल्ने हरेक व्यक्तिलाई बैंकले १ सय नगद खातामा जम्मा गरिदिने छ भने आफ्नै खर्चमा सात लाख सम्मको दुर्घटना बीमा समेत गरी दिने बैंकले जनाएको छ ।

हालसम्म बैंकले मुलुकभर ८१ वटा शाखा तथा ३७ वटा एटिएम मार्फत गा्रहकहरुलाई आफनो सेवाहरु प्रदानगर्दै आएको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x