Date

शुक्र, बैशाख १४, २०८१
Fri, April 26, 2024

बसन्त ऋतुको हिमाल आरोहणका लागि ६ सय ६७ आरोहीले लिए अनुमति, ४५ करोड भन्दा बढी रोयल्टी संकलन

बसन्त ऋतुको हिमाल आरोहणका लागि ६ सय ६७ आरोहीले लिए अनुमति,  ४५ करोड भन्दा बढी रोयल्टी संकलन

काठमाडौं, २ चैत । यो वर्षको वसन्त ऋतुमा हिमाल आरोहण गर्न अनुमति लिनेबाट ४५ करोड रुपैयाँ भन्दा बढी रोयल्टी संकलन भएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय अन्तर्गत पर्यटन विभागका अनुसार चैत २९ गते सम्म ४५ करोड १३ लाख २७ हजार रुपैयाँ रोयल्टी संकलन भएको छ ।

सर्वोच्च शिखर सगरमाथा सहित २० वटा हिमाल आरोहणका लागि ७५ समूहका ६ सय ६७ आरोहीले अनुमति लिएका छन् । सबैभन्दा बढी सगरमाथा आरोहणमा ३१ समूहका ३ सय ३९ आरोही छन् ।

त्यस्तै, ल्होत्सेमा ६६, मकालुमा ५३, अमादब्लममा ४१, कञ्चनजङ्घामा ३२, अन्नपूर्णमा २३ आरोहीले अनुमति लिएका छन् । अघिल्लो वर्ष सन् २०१८ को यही मौसममा सगरमाथासहितका हिमाल आरोहणका लागि १ सय ७ आरोही समूहले अनुमति लिएका थिए ।

वैशाखको तेस्रो सातासम्म आरोही आउने भएकाले यो वर्ष आरोहीको सङ्ख्या बढ्ने विभागको अनुमान छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x