Date

शुक्र, बैशाख ७, २०८१
Fri, April 19, 2024

राष्ट्र बैंकले ५ अर्व २५ करोडको ट्रेजरी बिल जारी गर्ने

राष्ट्र बैंकले ५ अर्व २५ करोडको ट्रेजरी बिल जारी गर्ने

काठमाडौं, २ बैशाख । नेपाल राष्ट्र बैंकले ५ अर्ब २५ करोड रुपैयाँको ट्रेजरी बिल जारी गर्ने भएको छ । राष्ट्र बैंकले ९१ दिन र १ सय ८२ दिनको भोली जारी हुने ट्रेजरी बिलका लागि आज अपराह्न ३ बजे बोलकबोल हुने छ ।

केन्द्रीय बैंकले ९१ दिनको लागि ३ अर्ब रुपैयाँको बिल जारी गर्न लागेको छ । यो ट्रेजरी बिल २०७६ साल असार ३१ गते परिपक्क हुनेछ । त्यस्तै, १ सय ८२ दिनका लागि जारी हुने २ अर्ब २५ करोड रुपैयाँको ट्रेजरी २०७६ असोज २८ गते परिपक्क हुनेछ ।

यस अघि २०७५ चैत २५ गते केन्द्रीय बैंकले करिब ८ अर्ब ८९ करोड रुपैयाँको ट्रेजरी बिल जारी गरेको थियो ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x