नयाँ वर्षको सुरुवातसंगै मुक्तिनाथ विकास बैंकको तीन नयाँ आकर्षक योजना

काठमाडौं, २ बैशाख । मुक्तिनाथ विकास बैंकले ग्राहकहरुलाई लक्षित गरी बैशाख १ गते देखि लागु हुने गरी तीन नयाँ आकर्षक योजना ल्याएको छ । बैंकले भिसा डेविट कार्ड र मोवाईल बैंकिङ्ग सेवामा सुविधा थप गरेको छ ।

भिसा डेविट कार्ड अन्तर्गत बैंकले आफ्नो शाखावाट स्नस्ट्यान्ड भिसा डेविट कार्ड सेवा सुविधा सुरु गरेको छ । यस सुविधा अन्तर्गत ग्राहकले कार्डको निवेदन फाराम बुझाएको दिनमै ग्राहकहरुले तुरुन्त कार्ड लिन पाउने छन् ।

त्यसैगरी मुक्तिनाथ डेविट कार्ड बाहक ग्राहकहरुले नेपालको जुनसुकै बैंकका एटिएमबाट विना कुनै अतिरीक्त शुल्क विना रकम झिक्न मिल्ने सुविधा पनि बैंकले थप गरेको जनाइएको छ ।
हाल बैंकले १ सय १४ वटा शाखा तथा २२ वटा एटिएमबाट करिब छ लाख ग्राहकलाई बैकिङ्ग सेवाहरु प्रदान गर्दै आएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *