सेयर बजारमा ८२ करोड भन्दा बढीको कारोबार
काठमाडौं, ४ बैशाख । बुधबार सेयर बजारमा निकै उत्तार चढाव देखियो । उत्तार चढावका बीच बजार ४.९९ अंकले बढेर बन्द भएको छ।
हाइड्रोपावर, फाइनान्स, निर्जीवन बीमा, उत्पादन तथा प्रशोधन, अन्य र माइक्रोफाइनान्स समुहको परिसुचक घटेको छ । त्यस्तै जिवनबीमा, बैंकिङ्ग, होटल र विकास बैंक समुहको परिसुचक बढेको छ ।
सो दिन एक सय ७१ कम्पनीको ८२ करोड भन्दा बढीको सेयर कारोबार भएको छ । त्यसमा एनएमबि बैंकको सबैभन्दा धेरै ७ करोड २७ लाख बढीको सेयर कारोबार भएको छ । सिभिल लघुवित्त वित्तिय संस्थानका लगानीकर्ताले सबैभन्दा धेरै कमाएका छन् भने कर्पोरेट डेभलपमेन्ट बैंकका लगानीकर्ताहरुले भने सबैभन्दा धेरै गुमाएका छन् ।
हिजो भने बजार २३.३३ अंकले बढेको थियो । कारोबार रकम हिजोको तुलनामा आज झन्डै १० करोडले बढी हो ।