Date

आइत, असार २२, २०८२
Sun, July 6, 2025

उच्च आयातका कारण शोधनान्तर घाटा बढ्यो, आठ महिनामा झन्डै ५९ अर्व

उच्च आयातका कारण शोधनान्तर घाटा बढ्यो, आठ महिनामा झन्डै ५९ अर्व

काठमाडौं, ४ बैशाख । चालु आर्थिक वर्षको ८ महिनामा शोधनान्तर घाटा थप बढेको छ । नेपाल राष्ट्र बैंकको प्रतिवेदन अनुसार फागुन सम्म शोधनान्तर घाटा ५८ अर्ब ९९ करोड रुपैयाँ रहेको छ ।

गत आर्थिक वर्षको सोही अवधीमा शोधनान्तर २४ अर्ब ७३ करोड रुपैयाँले घाटामा थियो । देश भित्र्ने र बाहिरिने रकमको अन्तरलाई शोधनान्तर स्थितीले जनाउछ । मुलुकमा उच्च आयातका कारण शोधनान्तर स्थिती घाटामा गएको हो ।

यस्तै, चालु खाता घाटा पनि १ खर्ब ९१ अर्ब १३ करोड रुपैयाँ पुगेको छ । वस्तु आयात २३.८ प्रतिशतले बढेर ९ खर्ब ४९ अर्ब ११ करोड रुपैयाँ पुगेको छ भने निर्यात १४.६ प्रतिशतले बढेर ६१ अर्ब २२ करोड रुपैयाँ पुगेको छ ।

मुलुक विकासको चरणमा रहेको कारण उत्पादनमुलक क्षेत्रमा प्रयोग हुने सामाग्रीहको आयात बढी हुँदा शोधनान्तर घाटामा गएको र शोधनान्तरघाटामा गएपनि मुलुकको आर्थिक स्थिती डामाडोल भइ नसकेको सरकारी अधिकारीहरुको तर्क छ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *