सुन तोलाको ३ सयले घट्यो

काठमाडौं, ४ बैशाख । बुधबार स्थानीय बजारमा सुनको भाउ घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार अघिल्लो दिनको तुलनामा सुनको भाउ ३ सय रुपेयाँले घटेको हो ।
मंगलबार तोलामा ५९ हजार ६ सव रुपैयाँमा कारोबार भएको सुनको बुधबार ५९ हजार ३ सयमा कारोबार भइरहेको छ । यस्तै तेजावी सुन पनि तोलमा ५९ हजारमा कारोबार भइरहेको छ ।
बुधबार चाँदीको भाउ भने ५ रुपेयाँले ले बढेको छ । मंगलबार तोलामा ७ सय २० मा कारोबार भएको चाँदीको बुधबार ७ सय २५ रुपेयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ।