कैलालीको बलियामा जनता बैंकको शाखा संचालनमा
काठमाडौं, ४ बैशाख । जनता बैंक नेपाल लिमिटेडले कैलालीको लम्कीचुहा नगरपालिका वडा नं. ४, बलिया शाखाबाट कारोवार सुरु गरेको छ । सुदुरपश्चिम प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री झपटबहादुर बोहोराले आज सो शाखाबाट कारोबार सुरुवात गरेका हुन ।
योसँगै बैंकको शाखा संख्या १ सय २९ पुगेको छ भने सुदुरपश्चिम प्रदेशमा मात्र ९ वटा पुगेको छ । कार्यक्रममा मन्त्री बोहोराले जनता बैंकको स्थापनाले यस क्षेत्रका जनताको जिबनस्तर उठाउन महत्वपूर्ण भुमिका रहने विश्वास व्यक्त गरे ।
शाखा उद्घाटनको अबसरमा बैंकको आयोजना र धनगढी नेत्रालय आँखा अस्पतालको प्राविधिक सहकार्यमा निःशुल्क आखा शिविर पनि आयोजना गरिएको थियो । संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत आयोजना गरिएको सो शिविरमा निःशुल्क औषधी र चस्मा वितरण गरिएको थियो । १ हजार जना भन्दा बढीको आँखा परिक्षण गरिएको थियो । त्यसबाट छानिएका मोतिबिन्दु सम्बन्धि बिरामीको धनगढी नेत्रालयमा मोतिबिन्दुको निःशुल्क शल्यक्रिया गरिने छ ।