Date

मङ्ल, बैशाख ९, २०८२
Tue, April 22, 2025

प्रभु बैंकले ल्यायो व्याज अनुदान सहितको सहुलियतपूर्ण कर्जा योजना

प्रभु बैंकले ल्यायो व्याज अनुदान सहितको सहुलियतपूर्ण कर्जा योजना

काठमाडौं, ४ वैशाख । प्रभु बैंक लिमिटेडले सरकारले कार्यान्वयनमा ल्याएको सहुलियतपूर्ण कर्जाका लागि व्याज अनुदान व्यवस्था वमोजिम कर्जा दिने भएको छ । यस्तो कर्जा व्यवसायिक कृषि, शिक्षित युवा स्वरोजगार, बैदेशिक रोजगारीबाट फर्किएका युवा, महिला उद्यमशीलता, दलित समुदाय, उच्च र प्राविधिक शिक्षा अध्ययन र भूकम्प पीडितहरुको निजी आवस निमार्णका लागि दिइने छ ।

व्यवसायिक कृषिमा ५ वर्षका लागि अधिकतम ५ करोड रुपैयाँ, शिक्षित युवा स्वरोजगारमा ५ वर्षको लागि ७ लाख रुपैयाँ, वैदेशिक रोजगारबाट फर्किएका युवाहरुलाई ५ वर्षका लागि १० लाख रुपैयाँ कर्जा दिइने छ । त्यसैगरी महिला उद्यमशीलतामा ५ वर्षका लागि १५ लाख रुपैयाँ, दलित समुदाय व्यवसाय विकासमा ५ वर्षका लागि १० लाख रुपैयाँ, उच्च र प्राविधिक तथा व्यवसायिक शिक्षामा ५ वर्षको लागि ५ लाख रुपैयाँ र भूकम्प पीडितहरुको निजी आवास निर्माणमा ५ वर्षको लागि ३ लाख रुपैयाँ कर्जा दिने बैंकले जनाएको छ।

यी कर्जा बैंकले ‘सहुलियतपूर्ण कर्जाको लागि व्याँज अनुदान सम्बन्धी एकीकृत कार्यविधि, २०७५’ अनुसार उपलब्ध गराउने छ । उक्त कार्यविधिमा यस्तो कर्जा ६ प्रतिशत व्याजमा दिने उल्लेख छ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x