Shangrila

मिर्चैयामा कामना सेवाकोे ८३औं शाखा कार्यालय विस्तार

काठमाडौं, ४ वैशाख । कामना सेवा विकास बैंक लिमिटेडले सिराहाको मिर्चैयामा शाखा कार्यालय विस्तार गरेको छ । बैंकले मिर्चैया नगरपालिका वडा नं. ६ थाना चोकमा ८३ औं शाखा कार्यालय विस्तार गरी कारोबार प्रारम्भ गरेको हो ।

बैंकका संचालक देव कृष्ण काफ्ले, बैंकका प्रदेश नं. १ प्रमुख सुजन राई र प्रदेश नं. २ प्रमुख राकेश सिंहले संयुक्त रुपमा शाखा कार्यालयको उद्घाटन गरेका हुन् । उक्त शाखा विस्तार भएसँगै प्रदेश नं. २ मा ११ वटा शाखा कार्यालयहरु सञ्चालनमा आएको बैंकले जनाएको छ ।

हाल बैंकले देशका विभिन्न भागबाट ८३ वटा शाखा र ३८ वटा एटीएम मार्फत ग्राहकहरुलाई सेवाहरु प्रदान गर्दै आएको छ ।

 

Laxmi Bank

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *