प्रमुख निर्वाचन आयुक्तमा थपलिया सर्वसम्मत अनुमोदन
काठमाडौं, ४ वैशाख । प्रमुख निर्वाचन आयुक्तमा सिफारिस दिनेशकुमार थपलिया सर्वसम्मत अनुमोदन भएका छन् । बुधबार दिउँसो संसदीय सुनुवाइ समितिले थपलियालाई सर्वसम्मत रुपमा अनुमोदन गरेको हो ।
थपलिया विरुद्ध सुनुवाई समितिमा ६ वटा उजुरी परेका थिए । त्यही उजुरीको सुनुवाई आज भएको थियो । सुनुवाईको क्रममा थपलियाले तीन महिना भित्र उपनिर्वाचन चुनाव गराउने प्रतिवद्धता जनाएको समितिले जनाएको छ ।
त्यस्तै समावेशी आयोगको सदस्यमा प्रस्तावित विष्णुमाया ओझाको नाम पनि सर्वसम्मत अनुमोदन भएको छ ।