साउदीमा बढ्दो आर्थिक मन्दीका कारण २ हजार बढी नेपाली कामदार अलपत्र
काठमाडौ, ४ बैशाख । साउदी अरेवियामा बढ्दो आर्थिक मन्दीका कारण ३ वटा ठूला कंपनीमा वित्तिय समस्या उत्पन्नहुँदा २ हजार बढी नेपाली कामदार प्रभावित भएका छन् । साउदी अरेवियाको राजधानी रियाद स्थिति जेएनपी, एसएम्जी र दमाम स्थिति अजमिल कंपनीमा वित्तिय समस्या देखिदा विभिन्न देशका गरी १५ हजार भन्दा बढी कामदार महिना दिन देखि तलव विहिन भएका छन् ।
रियाद स्थित नेपाली दुतावासले ती कम्पनीमा आर्थिक समस्या आउदा प्रभावित हुने नेपाली कामदारको सख्या २ हजारको नजिक हुन रहेको पुष्टी गरेको छ । जानकारी दुतावासलाइ नभएको श्रम काउन्सिलर अम्विका प्रसाद अधिकारीले जानकारी दिनु भएको छ । काउन्सिलर अधिकारीका अनुसार हालसम्म जेएनपीमा ३ सय ५० जना, एसएमजीमा ४ सय जना र अजमिलमा २ सय ५० नेपाली कामदार समस्यामा परेका आधिकारीक रेकर्ड छ । अलपत्र परेका मध्ये पनि केहीलाइ अन्यत्र कंपनीमा पठाइएको र केही घर फर्किएका छन् । अकमाको म्याद सकिएका केही नेपालीहरुलाइ घर फर्काउने प्रयास भइरहेको छ । अलपत्र परेर क्याम्पमा वसेका नेपालीहरुलाइ बजेट अभावमा स्थानीय नेपाली समुदायको सहयोगमा खानपिनको व्यवस्था गरिएको छ । एक वर्ष एता साउदी अरेवियामा देखिएको आर्थिक मन्दीका चर्किदै गएको छ ।