Date

मङ्ल, मंसिर ११, २०८१
Tue, November 26, 2024

बन्दको आंशिक प्रभाव, पाल्पामा बम विष्फोट र मकवानपुरमा २ गाडीमा आगजनी

बन्दको आंशिक प्रभाव, पाल्पामा बम विष्फोट र मकवानपुरमा २ गाडीमा आगजनी

काठमाडौं,५ बैशाख ।  प्रतिबन्धित नेत्र विक्रम चन्द विप्लव नेतृत्वको नेकपाले गरेको बन्दको देशभरी नै आंशिक प्रभाव परेको  छ । बन्दका कारण उपत्यकासहित देशभरी नै फाट्टफुट्ट मात्र सवारी चलेका छन् । बिहानैदेखि लामो तथा छोटो दूरीका गाडी फाट्टफुट्ट मात्र चल्दा यात्रुलाई भने सास्ती भएको छ । परीक्षा दिन हिँडेका विद्यार्थी मर्कामा परेका छन् । यस्तै बजार र कलकारखाना पनि खुलेका छैनन् । सुरक्षाकर्मीले सुरक्षा दिइरहेकाले ढुक्क भएर गाडी चलाउन प्रहरीले आग्रह गरेको छ ।

यसै बीच पाल्पाको रिब्दीकोट गाउँपालिकाको कार्यालय परिसरमा बिहीवार वम विष्फोट भएको छ। कार्यालय नजिकै रहेको सेवाग्राही बस्ने प्रतिक्षालयमा वम विष्फोट भएको जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रहरी उपरीक्षक विश्वमणी पोखरेलले जानाकारी दिएका छन् ।  पोख्रेलका अनुसार विष्फोटबाट प्रतिक्षालय र गाउँपालिकाको कार्यालय भवनमा क्षति पुगेको छ। कार्यालयको झ्यालका सिसा फुटेका छन्। आज बिहान साढे एक बजेतिर भएको विस्फोट कस्ले र किन गराएको हो भन्ने बारे अहिलेसम्म खुलेको छैन्। ले मकवानपुरका दुई ठाउँमा दुईवटा गाडीमा आगजनी गरेका छन् ।

यता मकवानपुरको भिमफेदी गाउँपालिका– ९ गोलमोडमा हेटौंडाबाट तरकारी लोड गरेर पालुङतर्फ जाँदै गरेको ना ४ ख ७९६० नम्बरको मिनि ट्रकलाई रोकेर पाँचजनाको समूहले पेट्रोल छर्किएर आगजनी गरेको जिल्ला प्रहरी कार्यालय मकवापनपुरका प्रहरी प्रवक्ता सागरविक्रम राणाले बताए ।

मकवानपुर कै थाहानगरपालिका वडा नम्बर ४ सिमभन्ज्याङमा पालुङबाट हेटौँडातर्फ आउँदै गरेको ना २ ख ९०९४ नम्बरको कुखुरा बोक्ने बोलेरो गाडीमा पनि पेट्रोल छर्किएर आगजनी गरिएकाे छ । आगलागीबाट दुईवटै गाडी पूर्ण रुपमा क्षति भएको छ । 

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x