Date

बिहि, बैशाख १३, २०८१
Thu, April 25, 2024

मुक्तिनाथ विकास वैंकको “ मेरो पहिलो बचत खाता” सञ्चालनमा

मुक्तिनाथ विकास वैंकको “ मेरो पहिलो बचत खाता” सञ्चालनमा

काठमाडौं, ५ बैशाख । “ समृद्धिसँग जोडौँ नाता, सबै नेपालीको बैंक खाता ” भन्ने नारा सहित नेपाल सरकार तथा नेपाल राष्ट्र बैंकले सुरु गरेको खोलौ बैंक खाता अभियानमा मुक्तिनाथ विकास बैंकले पनि साथ दिने भएको छ । आफ्नो स्थापना कालदेखि नै “ १ व्यक्ति – १ खाता, १ परिवार – १ उद्यमी” नारा सहित कार्य गर्दै आएको यस बैंकले नयाँ बचत योजना “मेरो पहिलो बचत खाता” सञ्चालन गरेको हो ।

खाता खोल्दा बैंकले १ सय रुपैयाँ नगद जम्मा गरिदिने छ भने सोही रकम बराबरकै रिचार्ज गरिदिने जनाइएको छ।

यस खातामा दैनिक मौज्दातमा वार्षिक ७ प्रतिशत ब्याजदरका साथै निः शुल्क आश्वा सेवा, निः शुल्क अन्तर शाखा कारोबार, निः शुल्क मोबाइल बैकिंङ्ग सुविधा उपलब्ध हुने छ। हाल बैंकले देशैभरी आफ्ना ११४ वटा शाखा र २२ वटा एटिएमबाट करिब ६ लाख ग्राहकवर्ग लाई बैकिङ्ग सेवाहरु प्रदान गर्र्दै आएको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x