Date

शुक्र, असार २७, २०८२
Fri, July 11, 2025

वर्षको पहिलो साता सेयर बजारमा उत्साह, परिसुचक १२३२.२६ बिन्दुमा

वर्षको पहिलो साता सेयर बजारमा उत्साह, परिसुचक १२३२.२६ बिन्दुमा

काठमाडौं, ५ बैशाख । वर्षको पहिलो साता सेयर बजारमा उत्साह देखिएको छ। क्रमश ओरालो लागिरहेको बजारमा यो साता भने उत्साहजनक बृद्धि भएको छ। साताको पहिलो दिन ११८४.०२ बिन्दुमा रहेको बजार आज अन्तिम दिन १५.२२ अंकले बढेर १२३२.२६ को बिन्दुमा उक्लिएको छ । आज सहित यो साताको पाँचै कारोबार दिन बजारमा हरियाली छाएको छ ।

गत वर्ष बजार निरन्तर ओरालो लागेपछि निकै हतास देखिएका लगानीकर्ता यो वर्ष भने केही सकारात्मक हुने अपेक्षामा थिए । बजारले सकारात्मक बाटो लिएसँगै लगानीकर्ताहरु पनि उत्साहित भएका छन् ।

आज १ सय ६५ कम्पनीको ७८ करोड रुपैयाँ भन्दा बढीको सेयर कारोबार भएको छ। त्यसमा कुमारी बैंकको सबैभन्दा धेरै ८ करोड ५८ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ।
त्यस्तै नेपाल एसबिआई बैंकका लगानीकर्ताले सबैभन्दा धेरै कमाएका छन् भने माउन्टेन हाइड्रो नेपालका लगानीकर्ता सबैभन्दा धेरै गुमाउनेमा परेका छन् ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *