Date

मङ्ल, बैशाख ११, २०८१
Tue, April 23, 2024

१ बर्ष भित्र मुलुक भरि नै फोरजी सेवा

१ बर्ष भित्र मुलुक भरि नै फोरजी सेवा

काठमाडौं, ५ बैशाख । नेपाल टेलिकमले १ बर्ष भित्र मुलुक भरि नै फोरजी/ एलइटि सेवा विस्तार गर्ने भएको छ । बिहिबार प्रत्रकार सम्मेलन गरि टेलिकमले फोरजी परियाजनाको काम अन्तिम चरणमा पुगिसकेको र बाँकी काम पनि तिव्र रुपमा अगाडी बढाउने जानकारी दिएको हो ।

टेलिकमले फोर–जी आयोजना सन् २०१८ मा नै विस्तार गर्ने प्रतिवद्धता गरेको थियो । तर हाल सम्म पनि विभिन्न कारणहरुले फोरजी सेवा बिस्तारमा ढिलाई भएको नेपाल टेलिकमका प्रबन्ध निर्देशक डिल्लीराज अधिकारीले बताए । काठमाडौ र पोखरामा भने गत बर्षबाट नै फोरजी सेवा संचालन भएको छ । अहिले विश्वका कतिपय मुलुकहरुले फाइप–जी नेटवर्क विस्तार गरिसकेका छन् । नेपालमा भने अझै पनि फोरजी नेटवर्क विस्तारको क्रममा नै छ । फाइपजी नेटवर्क प्रयोग नेपालमा गर्नका लागी सो अनुसारको प्रविधि, उपकरणहरु र इकोसिस्टमको विकास नभएको भन्दै प्रबन्ध निर्देशक अधिकारीले सन् २०२५ सम्म फोरजी नेटवको नै प्रयोग गर्नु पर्ने र सो पछि मात्र फाइपजी नेटवर्क विस्तार गर्ने बताए ।

कार्यक्रममा टेलिकमकी प्रवक्ता प्रतिमा वैद्यले टेलिकमको गत बर्षको प्रगति विवरण र भावी योजनाहरु प्रस्तुत गर्दै चैत मसान्त सम्ममा ४ सय थ्रीजि विटिएस र ४ सय ७ वटा विटिएस थप गरिएको बताइन् । साथै १ करोड लाइन मोबाईल आयोजना अन्र्तगत ग्राहकहरुको माग एवंम प्रविधिक अध्ययन अनुसार आवश्यक देखिएको स्थानहरुमा मोवाईल प्याकेजमा काम जारी रहेको र यस अन्र्तगत प्याकेज ए को काम सम्पन्न भएको र प्याकेज बि को काम ९५ प्रतिशत सकिएको उनले बताईन ।

टेलिकमले देशभर सातै प्रदेशमा सेवा गत माघ २० मा तीन वटा सम्झौता सम्पन्न भएको गरेको छ । जस मध्ये कोर नेटवर्कका लागि चीनको जेडटीई कर्पोरेसन तथा नेटवर्क १ र नेटवर्क २ का लागि हङकङको सीसीएसआईले जिम्मेवारी पाएको छ । सम्झौता अनुसार १२ महिनामा सम्पन्न गर्नको लागि साइट सर्भेको काम सुरु भएको प्रवक्ता बैद्यले बताइन् । उनका अनुसार अहिले सम्म साइट सर्भेको काम ६५ प्रतिशत सकिएको छ । नेटवर्क १ अन्तर्गत मध्यमाञ्चल र मध्यपश्चिमाञ्चल अर्थात हालको प्रदेश २, ३, ५ र ६ तथा नेटवर्क २ अन्तर्गत पूर्वाञ्चल, पश्चिमाञ्चल र सुदूरपश्चिमाञ्चल अर्थात हालको प्रदेश १, २, ४, ५ र ७ का विभिन्न स्थान पर्ने बताइएकोे छ ।

यस्तै टेलिकमले हाल दिरहेको एडिएसएल सेवालाई अब फाइबर टु द होम(एफटीटीएच) मा परिवर्तन गर्न भएको छ । १ वर्षदेखि निरन्तर एडिएसएल सेवा लिएका वा ३ महिनाको लागि एफटीटीएस सेवा लिने ग्राहलाई सीपीई (इन्टरनेट जडानमा आवश्यक पर्ने उपकरण) निशुल्क गरिएको जनाइएको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x