Date

शुक्र, बैशाख ७, २०८१
Fri, April 19, 2024

सन्राइज बैंक र लाइफ इन्स्योरेन्सबीच बैंकास्योरेन्स सम्झौता

सन्राइज बैंक र लाइफ इन्स्योरेन्सबीच बैंकास्योरेन्स सम्झौता

काठमाडौं, ६ बैशाख । सन्राइज बैंक लिमिटेड र नेशनल लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेड बीच बैंकास्योरेन्स सम्बन्धि सम्झौता भएको छ । सम्झौता अनुसार बैंकले मुलुकभर रहेका १ सय ४ वटा शाखाबाट इन्स्योरेन्स कम्पनीको जीवन बीमा योजनाहरु खरिद गर्न सक्ने छ ।

उक्त सम्झौतापत्रमा बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत रत्नराज बज्राचार्य र इन्स्योरेन्स कम्पनीका तर्फबाट प्रमुख कार्यकारी अधिकृत भरत बस्नेतले हस्ताक्षर गरेका छन् । हाल बैकले मलुकभरका १ सय ४ वटा शाखा, २८ वटा शाखारहित बैंकिङ्ग सेवा, ४ वटा एक्सटेन्सन काउण्टर, १ सय १९ वटा एटिएम मार्फत आफ्ना ५ लाखभन्दा बढी ग्राहकहरुलाई सेवा प्रदान गर्दै आइरहेको छ । ¬

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x