Date

शुक्र, बैशाख ७, २०८१
Fri, April 19, 2024

बैदेशिक रोजगारीमा जाने र फर्किएकालाई सचेत गराउन ‘शुभयात्रा’ले थाल्यो सुनौलो कक्षा

बैदेशिक रोजगारीमा जाने र फर्किएकालाई सचेत गराउन  ‘शुभयात्रा’ले थाल्यो सुनौलो कक्षा

काठमाडौं, ६ वैशाख । एन्ड्रोइड एप ‘शुभयात्रा’ले सुनौलो कक्षा प्रारम्भ गरेको छ । सुभयात्राले वैदेशिक रोजगारमा विदेश जानेहरुलाई र वैदेशिक रोजगारीबाट फर्किएकाहरुलाई लक्षित गरी यस्तो अनलाईन कोर्स प्रारम्भ गरेको हो ।

यस एपले वैदेशिक रोजगारीमा जाने योजनामा रहेकाहरुलाई सचेत गराउनुका साथै विदेशबाट नेपाल फर्किन चाहनेहरूलाई नेपाल फर्किएर व्यापार व्यवसाय गर्दा हुने चुनौती र अवसरको बारेमा जानकारी दिने कम्पनीले जनाएको छ ।एप प्रयोग गर्नेले उल्टै ५० रुपैयाँ पुरस्कार पाउने छन् । उक्त योजनाको लागि कम्पनीले खल्ती डिजिटल वालेटसँग सहकार्य गरेको छ ।

‘द एसिया फाउन्डेसन’द्वारा सन् २०१६ मा संचालनमा आएको यो एपमा हाम्रो पात्रो, खल्ती डिजिटल वालेट, विकास उद्यमी, सेयरकास्ट इनिसिएटिभ र विकास उद्यमी लगायत सातवटा संस्थाहरुको संयुक्त सहकार्य रहेको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x