मुक्तिनाथ बैंकको डेविट कार्ड प्रयोग गर्नेलाई धुलिखेल माउण्टेन रिसोर्टमा विशेष छुट

काठमाडौं, ११ बैशाख । मुक्तिनाथ विकास बैंक लिमिटेडका ग्राहकहरुलाई धुलिखेल माउण्टेन रिसोर्टमा विशेष छुट हुने भएको छ । बैंकका भिजा डेविट कार्ड हुनेहरुले रिसोर्टबाट दिइने सेवामा १० प्रतिशत छुट पाउने गरि बैंक र रिसोर्टबीच सम्झौता भएको हो ।

उक्त सम्झौतापत्रमा मुक्तिनाथ विकास बैंकका बजारीकरण विभागका विभागीय प्रमुख बसन्त बक्सी र धुलिखेल माउण्टेन रिसोर्टका विक्री तथा बजारीकरण विभागका अधिकृत भगीरथ प्रताप सिंहले हस्ताक्षर गरेका छन् ।

हाल बैंकले देशैभरी १ सय १४ वटा शाखा र २२ वटा मार्फत ग्राहकहरुलाई बैकिङ्ग सेवा प्रदान गर्दै आएको जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *