सेयर कारोबारमा उत्साह, बुधबार नेप्से १९.१४ अंकले बढ्यो
काठमाडौं, ११ बैशाख । साताको चौथो कारोबार (आज) सेयस बजारमा उत्साह छाएको छ । साताको दोस्रो कारोबारमा ब्रेक लागेको सेयर बजारमा बुधबार भने नेपाल स्टक एक्सचेन्ज (नेप्से) १९.१४ अंकले बढेर १२७९.२९ बिन्दुमा रोकिएको हो ।
सो दिन १ सय ७२ कम्पनीको ३४ लाख ८ हजार ३७४ सेयर किन बेच हुँदा ९४ करोड ३ लाख ४ हजार ४१० रुपैयाँको कारोबार भएको छ । कारोबारका आधारमा आज सबै भन्दा बढी सेयर कारोबार नेपाल बैंक लिमिटेडको भएको छ । जसको ९ करोड ९४ लाख ६ हजार २६९ रुपैयाँको सेयर कारोबार भएको हो ।
त्यसैगरी सबै भन्दा बढी कमाउँनेमा एभरेष्ट इन्स्योरेन्स कम्पनी लिमिटेड रहेको छ । हिजो पनि यही कम्पनीले सबैभन्दा बढी कमाएको थियो । जसको प्रतिसेयर मूल्य ३८ अंकले बढेको छ । सबै भन्दा बढी गुमाउँनेमा राधी विद्युत् कम्पनी लिमिटेड रहेको छ । प्रतिसेयर मूल्य ८ अंकले घटेको छ ।
नेप्सेमा १० वटा समूहहरु सूचिकृत छन् । जस मध्ये २ वटा समूहको परिसूचक घटेको छ । परिसूचक घट्नेमा हाइड्रो पावर र उत्पादन तथा प्रशोधन समुह रहेका छन् । हाइड्रोपावरको ०.९४ प्रतिशत र उत्पादन तथा प्रशोधन समूहको ०.१३ प्रतिशत परिसूचक घटेको छ ।