Date

शनि, बैशाख ८, २०८१
Sat, April 20, 2024

गोरखा भुकम्पको चार बर्ष पुरा, नेपालकाे पश्चिम क्षेत्रमा उच्च भुकम्पीय जोखिम

गोरखा भुकम्पको चार बर्ष पुरा, नेपालकाे पश्चिम क्षेत्रमा उच्च भुकम्पीय जोखिम

काठमाडौं १२ बैशाख ।  गोरखाको बारपाक केन्द्र भई ७ दशमलव ६ रेकटर स्केलको भूकम्प गएको आज चार वर्ष बितेको छ । ९ हजार मानिसको जिवन लिला सकिएकाे र २२ हजार जना घाइते भएका र लाखौं करोडौंको संरचनागत क्षति निम्ताएको उक्त  विनासकारी भुकम्पको चार बार्ष वितिसक्दा पनि पराकम्प आउन अझै छाडेको छैन । बुधाबार मात्र लगातार तीनबट परकम्प महसुस राजधानि बासी र त्यसको आसपासमा जिल्लाहरुमा भयो । गोरखा भूकम्पपछि नेपालको भौगर्भिक अध्ययन अनुसन्धान गरेका विज्ञहरूले अझै ठूलो भूकम्पको जोखिम रहेको औंल्याएका छन् । गोरखाभन्दा पूर्वक्षेत्रमा ठूलो असर पर्नेगरी भूकम्प गए पनि पश्चिम नेपालमा भने कुनै असर पु¥याएको थिएन । भूकम्पीय जोखिम कायमै रहेकाले सचेत हुनपर्नेमा विज्ञहरूले सुझाएका छन् ।

फ्रान्सको पेरिसस्थित पीएसएल रिसर्च युनिभर्सिटीका प्राध्यापक शिव सुवेदीको नेतृत्वमा भएको वैज्ञानिकहरूको टोलीले लामो समय लगाएर गरेको भौगर्भिक अध्ययनले नेपालको पश्चिम क्षेत्रमा अझै ८ रेक्टर स्केलभन्दा ठूलो भूकम्प जान सक्ने निष्कर्ष निकालेका छन् ।  अध्ययनले नेपालको पश्चिम क्षेत्रमा अझै ठूलो भूकम्प जान सक्ने संकेत गरेको छ तथापी भुकम्प कहिले जाने भन्ने विषय अनुमानको विषय रहेन  । दक्षिण एसियाको मध्य हिमालय क्षेत्रमा भविष्यमा जुनसुकै समय ८ दशमलव ५ म्याग्निच्युडको भूकम्प जान सक्छ भारतिय अनुसन्धानकर्ता हरूले बताएका छ ।

यस्तो छ पुन निर्माणको अवस्था

भुकम्प गएको ४ बर्ष पुगि सक्दा पनि पुन निर्माणको गतिले भने अपक्षित गति लिन सकेको छैन । संमग्रमा ५० प्रतिशत भौतिक संरचना पुन निर्माण सकिएको छ । निजी आवास पुनर्निर्माणमा समग्रमा ८० प्रतिशत उपलब्धी

 अर्थात अनुदान सम्झौता गरेका ७,६२,३०७ घर परिवार मध्ये ६,१२,९३५ घर परिवार पुनर्निर्माणको प्रक्रियामा ५० प्रतिशत अर्थात ३,८२,२७७ परिवारले घर पुनर्निर्माण सम्पन्न

   भने ३० प्रतिशत अर्थात २,३०,६५८ परिवार घर पुनर्निर्माणका क्रममा हुनुहुन्छ ।

  भूकम्पबाट ७,५५३ विद्यालय क्षति भएकोमा निर्माण सम्पन्न र निर्माणाधीन गरी ८३ प्रतिशत

·जसमा ५९ प्रतिशत अर्थात ४,४७६ को पुनर्निर्माण सम्पन्न भइसकेको छ भने १,७७२ विद्यालय पुनर्निर्माणको क्रममा छन् ।

  स्वास्थ्य संस्था पुनर्निर्माणतर्फ समग्रमा ६६ प्रतिशत उपलब्धी हासिल

   जसमा ५४ प्रतिशत अर्थात ६४३ को पुनर्निर्माण सम्पन्न

१२ प्रतिशत अर्थात १४५ पुनर्निर्माणको क्रममा

पुरातात्विक महत्वको सम्पदा पुनर्निर्माणमा भूकम्प अति प्रभावित जिल्लामा हामीले ५९ प्रतिशत उपलब्धी हासिलजसमा २२४ वटा अर्थात ३० प्रतिशत पुननिर्माण सम्पन्न भएका छन् भने २२१ वटा अर्थात २९ प्रतिशत पुनर्निर्माणको क्रममा छन् ।

सुरक्षा निकायका भवनहरुको पुनर्निर्माणमा ५६ प्रतिशत प्रगति भएको छ, जसमा ३८ प्रतिशत अर्थात १४५ को पुनर्निर्माण सम्पन्न भएको छ भने १८ प्रतिशत अर्थात ७१  वटा भवन पुनर्निर्माणको क्रममा छन् ।

सरकारी भवनको पुनर्निर्माणमा ९८ प्रतिशत उपलब्धी गरेका छौं, जसमा ६३ प्रतिशतको पुनर्निर्माण सम्पन्न भइसकेको छ भने ३५ प्रतिशत पुनर्निर्माणको क्रममा छन् ।

पुनर्निर्माण र पुनस्र्थापनाको पञ्चवर्षीय योजनामा समग्र पुनर्निर्माणका लागि कूल रु.९३८ अर्ब रकमको आंकलन गरिएको थियो ।

जस मध्ये आर्थिक वर्ष ०७४÷७५ सम्म कुल रु. १८६ अर्ब रकम खर्च भएको

चालू आर्थिक वर्षमा जम्मा रु.१२३ अर्ब खर्च गर्ने परिमार्जित लक्ष्य

यस्तै गरी सरकारको नियमित कार्यक्रम, निजी क्षेत्र र गैसस क्षेत्रबाट करिव रु. २०० अर्ब परिचालन हुने अपेक्षा

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x