Date

मङ्ल, मंसिर ११, २०८१
Tue, November 26, 2024

ग्यास उद्योगीको कमिशन रकम आज देखि बढ्यो तर असन्तुष्टि कायमै

ग्यास उद्योगीको कमिशन रकम आज देखि बढ्यो तर असन्तुष्टि कायमै

काठमाडौं, १२ बैशाख । ग्यास उद्योगीको बृद्धि गरिएको कमिशन आज देखि कार्यान्वयनमा आउने भएको छ। नेपाल आयल निगमले गत चैत २२ मा ग्यास उद्योगीको कमिशन प्रतिसिलिन्डर २ सय ३६ रुपैयाँबाट बढाएर २ सय ६३ रुपैयाँ ८९ पैसा पु¥याउने निर्णय गरेको थियो । भारतको बरौनीस्थित डिपोबाट काठमाडौंसम्म ग्यास ढुवानी बापत उक्त रकम सरकारले बेहोर्ने गरेको छ ।

निगमको निर्णय अनुसार ढुवानी खर्चमा प्रतिसिलिन्डर २७ रुपैयाँ ८९ पैसा बढेको छ । व्यवसायीको आन्दोलनका कारण ग्यास आयात र विक्री ठप्प हुने भएपछि बाध्य भएर ढुवानी खर्च बढाउनु परेको निगमले जनाएको छ।

यसअघि उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको निर्देशनमा निगमले त्यसबारे अध्ययन गरी सुझाव दिन एक कार्यदल बनाएको थियो । सोही कार्यदलको सुझाव अनुसार उपभोक्तालाई पनि भार नपर्ने गरी कमिशन तथा लागत खर्च बढाइएको बताइएको छ ।

यो निर्णय अनुसार ग्यास उद्योगीले वार्षिक ९६ करोड रुपैयाँ कमिशन पाउछन् । ग्यास उद्योगीहरू भने उक्त निर्णयबाट सन्तुष्ट देखिदैनन । एलपी ग्यास उद्योग संघका अध्यक्ष गोकुल भण्डारीले २७ रुपैयाँ ८९ पैसा कमिशन बढाएर सरकारले गैरजिम्मेवार व्यवहार प्रदर्शन गरेको बताए । ग्यास ढुवानीमा प्रतिसिलिन्डर १ सय रुपैयाँ घाटा खाएर उद्योग सञ्चालन गर्नु परिरहेको उनको दाबी छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x