प्रकाशकीय – अर्थको अर्थ २६ औं बर्षमा
मुलुकको पहिलो साप्ताहिक आर्थिक टेलिभिजन कार्यक्रम ‘अर्थको अर्थ’ २६ औं बर्षमा प्रवेश गरेको छ । नेपाल टेलिभिजनबाट प्रसारण हुने यस कार्यक्रमले मुलुकका आर्थिक गतिविधि, समसामयिक आर्थिक मुद्धा, सरकारी र नीजि क्षेत्रको अर्थिक गतिविधि र समस्याहरुलाई उठान गर्दै आईरहेको छ ।
संघीय लोकतान्त्रिक गणतान्त्रत्मक राज्य ब्यवस्था सम्म आइपुग्दा हामीले विगतबाट यो सिकिरहेका छौ कि राजनीतिक अधिकारको प्राप्ति मात्र सर्वोपरी होइन । मुलुकको समृद्धि र नागरिकको जिवनस्तर सुधार्न आर्थिक क्षेत्र नै बलियो हुनुपर्छ । यसका लागि आर्थिक विकासका संवाहक मानिएका सार्वजनिक क्षेत्र, सहकारी र नीजि क्षेत्रबीच प्रभावकारी समन्वय र हातलामो अपरिहार्य छ । यी तीनै क्षेत्रका आर्थिक गतिविधि र समस्यहरू हाम्रा कार्यक्रमका विषयवस्तुहरू बनेर रहे । २५ बर्ष पार गर्दासम्म हामी मुलकको आर्थिक विकासका लागि संचालित आयोजना कार्यक्रम, सहकारी निजि क्षेत्रका आर्थिक सवाल र वित्तीय सुशासनका पाटाहरु केलाउने र जनता समक्ष लैजाने काम गर्यौ। देशको आर्थिक विकासका लागि निजी क्षेत्र र सार्वजनिक क्षेत्रलाई एकैठाउँ जोडने प्रयास रहिरहने छ ।
पछिल्ला दिनहरुमा हाम्रा विषयबस्तुका दायारा अझ फराकिला हुँदै गएका छन् । हामी आर्थिक पक्षका हरेक सवालहरु केलाउदै अघि बढ्यौ। “सुखी नेपाली समृद्ध नेपाल” सरकारको अभियानमा सहयोग पुर्याउनु संचार माध्यमको कर्तव्य ठानेका छौ । हो यहि जिम्मेवारी वोध गर्दै प्रदेश आर्थिक विकास र समृद्धिको अवसर र समस्याको उठान गर्न सातै प्रदेशमा आर्थिक बहस कार्यक्रम थालनी गरिसकेका छौ । हामीले हाम्रा माध्यमको निरन्तरता मात्र होइन, परिमार्जनमा पनि उत्तिकै ध्यान दिएका छौं। अर्थ क्षेत्रका हरेक विषयलाई उत्तिकै ठाउँ दिन बिगत तीन बर्ष देखि arthakoartha.com समाचार साइट संचालन गर्दै आएका छौ ।
वार्षिक उत्सवको यस घडीमा आगामी दिनमा पनि मुलुकका समसामयिक आर्थिक मुद्धा र देखापर्ने समस्याहरुलाई गहनताका साथ उठान गर्ने प्रण गदै समृद्ध नेपाल सुखी नेपाली निर्माणको सरकारी अभियानमा संचार माध्यमको तर्फबाट सक्दो सहयोग गर्न थप प्रतिबद्ध छौं ।
अन्त्यमा हाम्रो यो यात्रामा सहयोग पुर्याउनु हुने नेपाल सरकार, अर्थ मन्त्रालय, नेपाल राष्ट्र बैंक, विभिन्न बैक तथा वित्तीय संस्थाहरु, नीजि क्षेत्र प्रतिनिधिमुलुक संघ संगठन दर्शक, सहकर्मी, विज्ञापनदाताप्रति हार्दिक कृतज्ञता व्यक्त गर्छौं।।