Date

मङ्ल, बैशाख ९, २०८२
Tue, April 22, 2025

एनआईसी एशिया बैंकको एकै दिन ३ नयाँ शाखा उद्घाटन

एनआईसी एशिया बैंकको एकै दिन ३ नयाँ शाखा उद्घाटन

काठमाडौं, १३ बैशाख । एनआईसी एशिया बैंकले थप ३ वटा शाखा कार्यालयहरु उद्घाटन गरेको छ । बैंकले भक्तपुरमा २ वटा र पर्सा जिल्लामा १ गरि ३ वटा नयाँ शाखा कार्यालयहरुको औपचारिक उद्घाटन बिहिबार गरेको हो ।

भक्तपुरको मध्यपुर ठिमी नगरपालिका वडा नं. ५ राधेराधेको शाखा कार्यालय उद्घाटन सोहि वडाका वडा अध्यक्ष अमृतमान श्रेष्ठले गरे भने चागुँनारायण नगरपालिका वडा नं. २ दुवाकोटमा रहेको शाखा कार्यालयको उद्घाटन सोहि वडाका वडा अध्यक्ष शिवहरि के.सीले गरे । त्यस्तै पर्सा जिल्लाको जगरनाथपुुुर गाउँपालिका वडा नं.४ जगरनाथपुुुर शाखाको उद्घाटन सोहि गाउँपालिकाका अध्यक्ष जालिम मियाँले गरे ।

हाल बैंकले मुलुकभर २ सय ८१ शाखा कार्यालयहरु, २ सय ८९ एटीएम, ४० वटा एक्सटेन्सन काउण्टर र २३ वटा शाखा रहित बैंकिङ्ग ईकाई मार्फत बैंकिङ्ग सेवा प्रदान गर्दै आएको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x