Date

शुक्र, बैशाख ७, २०८१
Fri, April 19, 2024

पुनर्निर्माणमा खटिएका प्राविधिकको सामुहिक राजीनामा, प्राधिकरण सिईओ भन्छन् –माग सम्बोधन भइसक्यो

पुनर्निर्माणमा खटिएका प्राविधिकको सामुहिक राजीनामा, प्राधिकरण सिईओ भन्छन् –माग सम्बोधन भइसक्यो

काठमाडौं, १३ बैशाख । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका करिब ४ हजार प्राविधिकहरुले सामूहिक राजीनामाको घोषणा गरेका छन् । आफूहरुले अघि सारेका मागप्रति सरकार संवेदनशील नभएको भन्दै हिजो उनीहरुले राजीनामाको घोषणा गरेका हुन् ।

राष्ट्रिय पुननिर्माण प्राधिकरणः प्राविधिक राष्ट्रिय हकहित संरक्षण समितिले गत चैत ३ गतेबाट देशव्यापी आन्दोलन गर्दै आएको छ । नेपालको इतिहासमै प्राविधिक जगतको सबैभन्दा ठूलो सडक संघर्षसमेत चैत्र १० गते काठमाडौंमा भएको समितिको भनाइ छ । यति हुँदाहुँदै पनि आफूहरुको जायज मागको सुनुवाई गर्नुको साटो उल्टै आफूहरुलाई सेवा सुविधाबाट वञ्चित गराइएकाले बाध्य भएर सामूहिक राजीनामा दिनु परेको समितिका अध्यक्ष ई.अविनाश अमरले बताए ।

उत्ता, राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशिल ज्ञवालीले प्राविधिकहरुको माग पुरा भइसकेको बताए । नेपाल इन्जिनियर्स एशोसिएसनका पदाधिकारीहरु समेतको उपस्थितीमा माग सम्बोधन गरिएकोबार जानकारी गराइसकिएको बताए । तत्काल काममा नफर्किए कडा कदम चाल्ने चेतावनी दिए ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x