नेपाल लगानीका लागि उपयुक्त मुलुकः अध्यक्ष मोर

काठमाडौं, १६ बैशाख । नेपाल उद्योग परिसंघका अध्यक्ष सतिश कुमार मोरले दक्षिण एशियाका मुलुक मध्ये नेपाल लगानीको उपयुक्त मुलुक भएको बताएका छन् । चीनको बेइजीङ्गमा आयोजित “नेपाल चीन आर्थिक तथा व्यापार मञ्च’को बैंठकमा अध्यक्ष मोरले यस्तो बताएका हुन् ।

हालै नेपाल सरकारले लगानी सुरक्षाको लागि उद्योग–व्यवसायसँग सम्बन्धित कानुन, नीतिका साथै यस क्षेत्रमा प्रक्रियागत एवं संरचनात्मक सुधार गरेकोले नेपाल लगानीको लागि उपयुक्त मुलुक बनेको जानकारी दिए ।

नेपाली उत्पादनको निकासीमा समस्या नरहेको भन्दै चीनबाट सुरु भएको बेल्ट एण्ड रोड इनिसिएटिभ (बीआरआइ) जस्ता ठूला परियोजनाबाट नेपाली उद्योग व्यवसाय प्रवद्र्धन गर्ने क्षेत्रमा राम्रो फाइदा हुने विश्वास व्यक्त गरे । उनले चिनीया लगानीकर्तालाई नेपालमा लगानी बढाउन समेत आग्रह गरे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *