Date

शुक्र, बैशाख ७, २०८१
Fri, April 19, 2024

नेप्सेमा ४.२१ अंकले गिरावट, १ अर्व १९ करोड भन्दा बढीको कारोबार

नेप्सेमा ४.२१ अंकले गिरावट, १ अर्व १९ करोड भन्दा बढीको कारोबार

काठमाडौं, १६ बैंशाख । साताको दोस्रो कारोबार दिन सोमबार (आज) नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा गिरावट आएको छ । सेयर कारोबार नेप्सेमा ४.२१ अंकले गिरावट आएर १३१०.३१ विन्दुमा बन्द भएको हो ।

१ सय ७४ कम्पनीको ३० लाख १६ हजार ४ सय ८० सेयर खरिद विक्री हुँदा १ अवै १९ करोड ७७ लाख ६९ हजार ८ रुपैयाँको कारोबार भएको छ । त्यस्तै आज सबै भन्दा बढी सेयर कारोबार नेपाल लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडको भएको छ। कम्पनीको १४ करोड ६९ लाख ८२ हजार ४८८ रुपैयाँका सेयर कारोबार भएको छ ।

त्यस्ते सबैभन्दा बढी कमाउँनेमा एनआईबीएल प्रगति फण्ड रहेको छ । त्यसको प्रतिसेयर मूल्य ७.६५ प्रतिशतले वृद्धि भएको छ । सबै भन्दा बढी गुमाउँनेमा राधि विद्युत् कम्पनी लिमिटेड रहेको छ । कम्पनीको प्रतिसेयर मूल्य १३ अंकले घटेको छ ।

आज नेप्सेमा सूचिकृत ११ समूह मध्ये ५ कम्पनीको परिसूचक बढेको छ भने बाँकी ६ समुहको परिसूचक घटेको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x